२०८२, ६ पुस आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमती कांग्रेसको संसदीय दलमा बहुमत सांसद बहादुरसिंहकाे पक्षमा



हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा युवा नेता बहादुरसिंह लामाको सम्भावना बढेको छ । बहादुर लामा जिताउन संस्थापन पक्षका आधा दर्जन नेता हेटौंडामामा छन् । नेपाली कांग्रेस वागमती प्रदेशको संसदीय दलको नेता चयन प्रक्रिया सुरू भएसँगै हेटौँडामा नेताहरूको चहलपहल बढेको हो ।

केन्द्रीय सदस्य बहादुरसिंह लामा र प्रदेश सभापति इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गरिसकेका छन् । सभापति शेरबहादुर देउवानिकट केही नेता लामालाई जिताउन हेटौँडा आएका छन् । गगन–शेखर समुहका अधिकांश नेताको पनि लामालाई साथ छ ।

उनीहरू अहिले हेटौँडामा रहेको मोटेल एभोकाडो एण्ड अर्किड रिर्सोटमा जम्मा भएका छन् । लामानिकट एक नेताका अनुसार सभापति शेरबहादुर देउवाले सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना, प्रवक्ता डा. प्रकाशशरण महत, नेताहरू मोहनबहादुर बस्नेत, मोहन आचार्य, मदनकृष्ण श्रेष्ठ र डा. शंशाक कोइरालाले पार्टी केन्द्रीय सदस्य उर्मिला थापालाई खटाएका छन् । उनीहरू अहिले मतदाता सांसदहरूसँग छलफलमा छन् ।

देउवाबाट साथ नपाएका बानियाँलाई गगनलगायतका नेताको समर्थन छ । बानियाँसँग प्रदेशसभापतिमा हारेका नुवाकोटकै जगदिश्वरनरसिंह केसी भने बानियाँको लागि खटिएका छन् । गगनका ससुरा केसी बानियाँको लागि खटिएपछि बानियाँले गुट फेरेको निश्चित मानिएको छ ।

बहादुरका पक्षमा खुलेर लाग्ने सांसदकाे संख्या अझ बढ्न सक्ने उनि निकट स्राेतले जनाएकाे छ ।

प्रकाशित मिति : २०७९, १३ पुस बुधबार ००:००  २ : १७ बजे