२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिशंखुगढी दोस्रो अध्यक्ष कप फाल्गुण १ गतेबाट हुने, पहिलो पुरस्कार १,५५,५५५



ओखलढुंगा । चिशंखुगढी दोस्रो अध्यक्ष कप फाल्गुण १ गतेबाट  हुने भएको छ । चिशंखुगढी गाउँपालिकाको आयोजनामा अध्यक्ष कपको दोस्रो संस्करण अन्तरगत खुला अन्तरपालिकास्तरिय खुला पुरुष भलिवल प्रतियाेगिता हुन लागेको हो ।

प्रतियोगितामा पहिलो हुनेले १ लाख ५५ हजार ५ सय ५५, द्धितिय हुनेले १ लाख ११ हजार १ सय ११ तृतीय हुनेले ७७ हजार ७ सय ७७ र सान्त्वना हुनेले ३३ हजार ३ सय ३३ सहित प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेलाई शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताए । अन्य उत्कृष्ट खेलाडीहरूले   नगद रु ५ हजार मेडल र प्रमाण पत्र पाउनेछन् ।

खेल चिशंखुगढी स्थित खानीभञ्ज्याङ्ग खेल मैदानमा हुनेछ । भलिवल संघकाे नियमानुसार खेल हुने आयोजकले जनाएको छ ।

अध्यक्ष कपकै अवसरमा पालिका भित्रका रास्ट्रिय खेलाड़ीहरूलाई सम्मान गर्ने कार्यक्रम समेत राखिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७९, १३ पुस बुधबार ००:००  ३ : १६ बजे