हेटाैंडा । कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा नुवाकोटका बहादुरसिंह लामा निर्वाचित भएका छन् । बुधबार दिउँसो भएको निर्वाचनबाट लामा बिजयी भएका हुन् ।
विजयी लामाले २१ र अर्का प्रतिस्पर्धी कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले १६ मत प्राप्त गरेको निर्वाचन समितीका संयोजक चन्द्र महर्जनले जानकारी दिए । दलको नेतामा निर्वाचित लामा नुवाकोट क्षेत्र नम्बर २(२) बाट निर्वाचित भएका हुन् । यस्तै प्रतिस्पर्धी बानियाँ मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २(२) निर्वाचित भएका हुन् ।
बागमती प्रदेशमा कांग्रेसबाट प्रत्येक्षमा २५ र समानुपातिकबाट १२ गरि ३७ सदस्य निर्वाचित भएका छन् ।