२०८१, २४ माघ बिहीबार | Fri Feb 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यी दुई प्रदेशको हिमाली भू(भागमा हिमपात, तराईमा हुस्सुको सम्भावना



काठमाडौं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही तराईका केही भू(भागमा​ हुस्सु लागेको छ ।

आज दिउँसो प्रदेश १ र सुदूर पश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदलीको अवस्था रहनेछ। प्रदेश १ को हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति भने प्रदेश १ र सुदूरपश्चिम प्रदेशको हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हिमाली भू(भागमा हिमपात र तराईका केही भू(भागमा हुस्सु लाग्दा दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २०७९, १४ पुस बिहीबार ००:००  ११ : ०६ बजे