२०८१, ७ मंसिर शुक्रबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

च्यातिएका र झुत्रा नोटबाट बनेका ब्रिकेट बेच्दै राष्ट्र बैंक



काठमाडौँ — नेपाल राष्ट्र बैंकले झुत्रा र च्यातिएका नोटबाट तयार फारेको ब्रिकेट तथा स्रेडेड टुक्राहरु बिक्री गर्ने भएको छ । चलनचल्तीमा ल्याउन नमिल्ने झुत्रा र पुराना नोटलाई मेसिनबाट टुक्र्याएर राष्ट्र बैंकले २०७८ भदौदेखि ब्रिकेट बनाउन थालेको छ । मुख्य कार्यालय काठमाडौं र राष्ट्र बैंकका प्रादेशिक कार्यालयमा पुराना, च्यातिएका नोटबाट ब्रिकेट बनाइने गरेको छ ।

राष्ट्र बैंक प्रदेश कार्यालय पोखरामा मेसिनबाट पुराना नोट टुक्र्याइँदै । तस्बिर स् प्रतीक्षा काफ्लेरकान्तिपुर

वार्षिक रुपमा २ लाख ७५ हजार केजी ब्रिकेट बिक्री गर्न भन्दै राष्ट्र बैंकले सिलबन्दी दरभाउ प्रस्ताव आहृवान गरेको छ । ब्रिकेट किन्न खरिद इच्छुक खरिदकर्ताले फागुन १ गतेसम्म राष्ट्र बैंकको मुख्य वा कुनै पनि प्रादेशिक कार्यालयमा प्रस्ताव बुझाउन सक्ने छन् । शिलबन्दी दरभाउ प्रस्ताव पेश गर्दा खरिदकर्ताले २ हजार रुपैयाँ भुक्तान गर्नुपर्नेछ । ब्रिकेट खरिदका लागि परेका प्रस्तावमा मूल्य प्रतिस्पर्धाको आधारमा बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।

सर्वसाधारणले प्रयोग गर्ने क्रममा च्यातिएका, झुत्रा भएका तथा पुराना नोटहरु बैंकमार्फत सटही हुन्छ । फेरि चलनचल्तीमा ल्याउन अयोग्य भएका त्यस्ता झुत्रा र पुराना नोटलाई मेसिनबाट टुक्र्याएर राष्ट्र बैंकले ब्रिकेट बनाउने गरेको छ । तिनै ब्रिकेट अहिले बिक्रीका लागि राष्ट्र बैंकले शिलबन्दी प्रस्ताव आहृवान गरेको हो ।

प्रकाशित मिति : २०७९, १७ पुस आइतबार ००:००  १ : ४४ बजे