२०८३, १४ असार आइतबार | Sun Jun 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेलमिलापकर्ता सुचिकृत गर्दै सुनकोशी गाउँपालिका



ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिकाले ३० जना मेलमिलाप कर्ता सुचिकृत गर्ने भएको छ । १० वटा वडा रहेको सुनकोशी गाउँपालिकाले प्रत्येक वडामा ३ जनाका दरले ३० जना मेलमिलाप कर्ता सुचिकृत गर्न लागेको हो ।

सुनकोशीको न्यायिक समिति कार्यविधि सम्बन्धि ऐन २०७५ को दफा ६० बमोजिम प्रत्येक वर्ष मेलमिलापकर्ता सुचिकृत गर्नुपर्ने भएकाले सार्वजनिक सूचना जारी गरेर मेलमिलापकर्तालाई सुचिकृत हुन आव्हान गरिएको न्यायिक समिति संयोजक एवम् गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले बताइन् । मेलमिलाप सम्बन्धि अनुभव भएकालाई सुचिकृत गरेर समाजका स-साना विवाद समाधान गरिने उपाध्यक्ष अधिकारीको भनाई छ ।

सबै वडाबाट १ महिलासहित ३ जना एसइइ वा सो भन्दा माथि योग्यता भएकाले मेलमिलाप कर्ताका रुपमा सुचिकृत हुन पाउने जनाइएको छ ।

जिल्लाका अन्य स्थानीय तहका भन्दा सुनकोशीको न्यायिक समिति बढी सकृय देखिएको छ ।

प्रकाशित मिति : २०७९, १७ पुस आइतबार ००:००  ६ : २९ बजे