२०८१, १५ बैशाख शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बारामा हतियारसहित एक भारतीय नागरिक पक्राउ



सिमरा सशस्त्र प्रहरीले आइतबार राती बाराको पचरौताबाट हतियारसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पचरौता नगरपालिका( ४ स्थित गुलरिया नाकाबाट नेपाल आउँदै गरेको अवस्थामा बिओपी बेल्दारीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले पूर्वीचम्पारण मोतिहारी (१६ घर भएका ४० वर्षीय चन्दनकुमार पक्राउ गरेको हो।

सशस्त्र प्रहरीले उनको साथबाट तीन राउण्ड गोली लोड भएको पेस्तोल र त्यसमा लाग्ने थप चार राउण्ड गोली बरामद गरेको छ ।

पैदल गस्ती गरिरहेका सशस्त्र प्रहरीले चन्दनकुमारको हाउभाउ अस्वभाविक देखेपछि चेकजाँच गरेको र मोडल नम्बर २०२२ आरएफआइ पेस्तोल बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं। १२ गण हेडक्वाटरका सूचना अधिकारी एवम् सशस्त्र प्रहरी नायब उपरीक्षक अमरबहादुर खत्रीले जानकारी दिए ।

पेस्तोलसहित पक्राउ परेका चन्दनकुमारलाई आवश्यक कारवाहीका लागि सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयमा बुझाइएको सूचना अधिकारी खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९, १८ पुस सोमबार ००:००  २ : ०९ बजे