२०८१, २४ माघ बिहीबार | Thu Feb 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडाअध्यक्ष कार्कीले युवालाई गाउँमै कम्प्युटर सिकाए



ओखलढुंगा । ओखलढुंगाको सुनकोशी ९ कटुञ्जेमा ३ महिने आधारभूत कम्प्युटर तालिम सुरु भएको छ । सुनकोशी वडा नं. ९ र घरेलु तथा साना उद्योग विकास कार्यालय, ओखलढुंगाको संयुक्त आयोजनामा आजबाट तालिम सुरु भएको हो ।

कोषहाटमा एक औपचारिक कार्यक्रम गरेर तालिम सुरु गरिएको छ । कम्प्युटर सम्बन्धि सीप अनिवार्य भइसकेकाले गाउँघरमा रहेका युवाहरुलाई सहज रुपमा आधारभुत कम्प्युटर सीप सिकाउन तालिम आयोजना गरिएको वडाअध्यक्ष हितराज कार्कीले बताए । अध्यक्ष कार्कीका अनुसार तालिम चैत्र १७ गतेसम्म सञ्चालन हुनेछ ।

तालिममा स्थानीय युवाहरुले सहभागिता जनाएका छन् । गाउँमै कम्प्युटर सिक्न पाएपछि युवाहरु खुसी भएका छन् । यसअघि स्थानीयले सदरमुकाममा महिनाैं बास बसेर महंगाे शुल्क तिरर कम्प्युटर सिक्नुपर्ने बाध्यता थियाे ।  

तालिम उद्घाटन कार्यक्रममा पूर्व सांसद यज्ञराज सुनुवार, एमालेका नेता जिवी खड्का, निवर्तमान तथा वर्तमान जनप्रतिनिधि लगायत उपस्थित थिए ।

प्रकाशित मिति : २०७९, १८ पुस सोमबार ००:००  २ : १६ बजे