२०८१, ७ बैशाख शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सम्पत्ति विवादमा दासको गोली हानेर हत्या, प्रहरी नै सुटर लगाएको खुलासा



जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया ३ का ४० वर्षीय धानुक दासको हत्याको हत्या सम्पत्तिका कारण परिवारकै सदस्यको संलग्नतामा भएको खुलेको छ ।

पुस ९ गते साँझ घरमै किराना पसल चलाइरहेका बेला दासको गोली हानेर हत्या भएको थियो । मोटरसाइकलमा आएका दुई व्यक्तिले उनीमाथि गोली हानेर भारततर्फ भागेका थिए । गम्भीर घाइते अवस्थामा उनलाई जनकपुरधाम लग्ने क्रममा बाटोमै मृत्यु भयो ।

उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले मंगलवार तीन जनालाई पक्राउ गरेपछि सम्पत्तिकै कारण उनको हत्या भएको रहस्य खुलेको हो । हत्यामा संलग्न मृतक दासको जेठी श्रीमती, उनको ज्वाइँ र २० वर्षीय छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका मृतक दासका ज्वाइँ संघीय प्रहरी इकाई कार्यालय जनकपुरधाममा कार्यरत प्रहरी जवान हुन् । नाम नखुलेका ती प्रहरी जवानले नै दासलाई मार्न सुटर लगाएको पनि अनुसन्धानबाट खुलेको बताइएको छ । सुटर भने पक्राउ पर्न सकेका छैन ।

एक प्रहरी अधिकारीका अनुसार दासले दुई विवाह गरेका छन् । जेठी श्रीमतीतर्फ दुई छोरा र कान्छी श्रीमतीतर्फ एक छोरी छन् । कान्छी श्रीमतीसँग बस्दै आएका उनी र जेठी श्रीमतीबीच सम्पत्ति बाँडफाँडमा विवाद चल्दै आएको थियो ।

‘सम्पत्ति विषयको विवाद बढ्दै गएपछि जेठी श्रीमतीले नै उनको हत्या गर्ने योजना बनाइन्,’ एक प्रहरी अधिकारीले भने, ‘योजना सफल पार्न दासकै ज्वाइँ प्रहरी जवानको सहयोग लिए । उनको ज्वाइँ नै सुटर खोजे । ३ लाखमा डिल भएको थियो । तत्काल सुटरलाई १ लाख रुपैयाँ समेत दिएको अनुसन्धानबाट खुलेको छ ।’

दासको हत्या गर्ने सुटरको पनि पहिचान भइसकेको प्रहरीको दाबी छ । ती सुटरको पनि प्रहरीले खोजी जारी राखेका छन् । यो घटना विषयमा धनुषा प्रहरीले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २०७९, २० पुस बुधबार ००:००  ११ : २३ बजे