२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउन अन्त्यसँगै रोकिएको मापसे जाँच शुरु



काठमाडौं । सार्वजनिक यातायत सञ्‍चालनमा आएसँगै बुधबारबाट मापसे चेकिङ सुरु भएको छ । महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई निर्देशन दिँदै बुधबारबाटै मापसे चेकिङ सुरु गर्न भनेको हो । नेपालमा कोरोना भाइरसको संक्रमण सुरु भएसँगै ट्राफिक प्रहरीले जोखिम बढ्ने भन्दै मापसे चेकिङ बन्द गरेको थियो ।

यस्तै बुधबारबाटै लागु हुने गरि लकडाउनअघिका सबै ट्राफिक गतिविधि सुरु गरिएको महाशाखाका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार ट्राफिक नियमविरुद्ध चल्नेलाई जरिवाना लाग्‍नेछ । महाशाखाले सडकमा गुड्ने सार्वजनिक यातायातको अनुगमनका लागि महिला ट्राफिक प्रहरीको छड्ने टोलीसमेत परिचालन गरेको छ । टोलीले सार्वजनिक सवारीमा ५० प्रतिशत बढी यात्रु राखेको पाइए तत्काल कारबाही गर्ने एसएसपी ढकालले बताए ।

महिला प्रहरीको टोलीले बसपार्क, बसबिसौनी र गुडिरहेको बसमा समेत अनुमगन गर्नेछ । ट्राफिक प्रहरीले दैनिक तोकिएको भन्दा बढी यात्रु बोक्ने सार्वजनिक सवारीलाई कारबाहीसमेत गर्दै आएको छ । तर सार्वजनिक यातायतमा सामाजिक दूरी कायम गर्न निकै चुनौती रहेको ढकालले बताए ।

प्रहरीको आँखा छलेर यात्रु कोचेको देखिए, सामाजिक दूरी कायम भएको नपाइए तत्काल ट्राफिक प्रहरी वा नजिकको प्रहरी युनिटमा खबर गर्न पनि महाशाखाले आग्रह गरेको छ । उपत्यकामा दैनिक १५२ स्थानमा ट्राफिक प्रहरीले ड्युटी गर्दै आएको छ भने ४६ स्थानमा संयुक्त चेकिङ हुँदै आएको छ । प्रविधियुक्त निगरानी भ्यान, सीसीटीभी क्यामेराबाट पनि निगरानी बढाइएको ढकालले बताए ।

प्रकाशित मिति : २०७७, ७ श्रावण बुधबार ००:००  ९ : २१ बजे