काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भागवण्डा मिलाउन मन्त्रालय नफुटाउने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकको निर्णय सार्वजनिक गर्दै लामिछानेले बाहिर हल्ला भएजस्तो मन्त्रालय फुटाएर भागवण्डा मिलाउन सरकार नलागेको प्रष्टिकरण दिएका हुन् ।
बैठकमा जनताको जनजीविकालाई सहज बनाउनेबारे छलफल भएको उनले बताए ।
सत्ता गठबन्धनले प्रारम्भिक रुपमा सरकारले गरेको कामको समीक्षा गरेको छ ।
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने उनको भनाइ छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली, रास्वपा अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।