२०८१, २४ माघ बिहीबार | Thu Feb 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश १ मा आज नयाँ सरकार बन्ने, हिक्मत कार्की मुख्यमन्त्री हुने



विराटनगर । प्रदेश १ मा आज नयाँ सरकार बन्ने भएको छ । सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आज ५ बजेसम्मको समय दिनुभएको छ । त्यसैअनुसार दलहरूले मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने तयारी गरिरहेका छन् ।

नेकपा एमाले र माओवादी केन्द्र दुवैले मुख्यमन्त्रीमा दाबी गरेका थिए । भर्खरै सम्मन्न माओवादी संसदीय दलकाे बैठकले एमालेका हिक्मत कार्कीलाइ सघाउने निर्णय गरेसँगै कार्की मुख्य मन्त्री बन्ने भएका हुन् । प्रदेश १ काे सभामुख माओवादीले पाउने समझदारी भएकाे छ ।

९३ सदस्यीय प्रदेश १ मा सरकार गठनका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्दछ । नेकपा एमालेका ४०, नेपाली काँग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३ सांसद छन् । राष्ट्रिय प्रजातन्त्र पार्र्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना प्रदेशसभा सदस्य छन् ।

प्रकाशित मिति : २०७९, २४ पुस आइतबार ००:००  २ : ५३ बजे