२०८१, २४ माघ बिहीबार | Thu Feb 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लाकाे सिञ्जामा ६ लाखकाे महिलामैत्री स्नानकक्ष बन्याे



जुम्ला । जुम्लाको सिंजा गाउँपालिका १ चुले गाउँमा तातोपानी आउने स्थान कक्ष निर्माण भएको छ । महिला तथा किशोरीका लागि स्थानकक्ष निर्माण भएपछि गाउँभरिका महिलाहरू अहिले सो स्थानमा नुहाउने गरेका छन् । चिसो मौसममा तातोपानी आउने स्थानकक्ष निर्माण भएपछि नुहाउन सजिलो भएको उनीहरूले बताएका छन् ।

प्लान नेपालको सहयोगमा पेस नेपाल जुम्लाले सो स्थानकक्ष नमूनाको रुपमा निर्माण गरि संचालनमा ल्याएको हो । पेश नेपालका कार्यकारी अध्यक्ष किशोर न्यौपानले नमूनाको रुपमा स्थानकक्ष शुरुवात गरिएको बताए । उनले सानो कामले पनि कहिलेकाहीँ राहात हुने भएकाले चिसो मौसममा राम्रो भएको बताए ।

गाउँमा स्थान कक्ष सुचारु भएपछि सुरक्षित र आनन्द तरिकाले नुहाउन र कपडा धुन मिलेको महिलाहरूले बताएका छन् । स्थानीय तिलाकन्या आचार्यले स्थानकक्ष निर्माण भएपछि खोलामा नुहाउन जानुपर्ने बाध्यता हटेको बताए । चिसो मौसममा तातोपानी आएपछि किश्वरीहरुको नुहाउने भिड लाग्ने गरेको छ । सिंजा गाउँपालिका किश्वरी संजालकी कोषाध्यक्ष निर्मला आचार्यले छोरीहरूका लागि सुरक्षित नुहाउने स्थानकक्ष नमूना भएकोमा धन्यवाद दिइन् । स्थानीय ठुमुरा वडाको अध्यक्षतामा स्थानकक्ष निर्माण गरिएको हो ।

स्थान कक्षको लागत ६ लाख ६८ हजार ५४८ रहेको छ । महिलाहरूले स्थानकक्ष सुरक्षित गर्न संरक्षण समितिसमेत गठन गरेका छन् ।

महिलाहरूले नुहाउने पानी भएपनि गाउँमा खानेपानीको समस्या भएको बताएका छन् । गाउँमा एक सय घरधुरी छन् । तर व्यवस्थित खानेपानी नहुँदा समस्या भएको महिलाहरूले बताएका छन् ।

प्रकाशित मिति : २०७९, २६ पुस मंगलबार ००:००  ११ : १७ बजे