काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने कार्यसूची छ ।
सत्तागठबन्धनमा रहेका दलबाहेक नेपाली कांग्रेस, नेकपा एस र लोसपाले प्रचण्ड सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् । बाँकी २७४ सांसदमध्ये प्रचण्डले २७२ सांसदले विश्वासको मत पाउने देखिएको छ ।
जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेमकिपाका सांसद प्रेम सुवालबाहेक सबै सांसदले सरकारको समर्थन गरेका छन् ।