२०८१, २४ माघ बिहीबार | Thu Feb 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अहिलेको अवसरलाई त्यसै खेर जान दिन्न– प्रधानमन्त्री प्रचण्ड



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको अवसरलाई त्यसै खेर जान नदिने बताएका छन् । बुधबार वाइसियल केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिलेको अवसरलाई त्यसै खेर जान नदिन सरकारमा आवद्ध दल र पार्टी संगठनको पनि सहयोग आवस्यक रहेको बताएका हुन् ।

आफ्नो यो कार्यकालमा सरकार, पार्टी र सिंगो देशलाई सफल बनाउन सके इतिहासको लागि अविष्मरणीय हुने उनले बताए । साथै अहिलेको अवसरलाई सुशासन दिएर भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा कठोर रुपमा अगाडि बढाएर सम्बोधन गर्नुपर्ने उनले बताएका छन् ।

‘यो अवसरलाई वाईसियललाई बलियो बनाउने कुरामा सदुपयोग गर्नुछ। सुशासन दिएर भ्रष्टाचार नियन्त्रण गर्ने कुरालाई कठोर रुपमा अगाडि बढाएर सम्बोधन गर्नुछ,’ उनले भने ।

साथै, आफू यसपटक सजिलै नभएर प्रतिक्रियावादीको घेराबन्दी तोडेर आफू प्रधानमन्त्री बन्न सफल भएको उनले दाबी गरे ।‘प्रतिक्रियावादीका धेरै घेराबन्दीहरुलाई तोडेर यहाँ आइपुगेको हो। सजिलैसित आएको होइन । हामीले विगतमा जसरी घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीतिक बनाउँथ्यौं । आज पनि घेरा तोड्ने र प्रतिरोध गर्ने प्रक्रियाबाटै यो सफलता प्राप्त भएको हो,’ उनले भने । माओवादीले सुरु गरेका कतिपय राम्रा काम विभिन्न कारणले पुरा हुन नसकेको र आगामी दिनमा त्यसलाई पुरा गर्ने संकल्प साथ लाग्न पनि प्रचण्डले निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २०७९, २७ पुस बुधबार ००:००  १ : ५८ बजे