२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा पहिलो पटक कोरोनाबाट विदेशी नागरिकको मृत्यु



काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट एक जना चिनियाँ नागरिकको मृत्यु भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ५८ वर्षीया चिनियाँ महिलाको बुधबार कोरोनाको संक्रमणबाट मृत्यु भएको हो ।

मंगलबार साँझ शिक्षण अस्पतालमा भर्ना भएकी चिनियाँ महिलाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको शिक्षण अस्पताल कोभिड फोकल पर्सन डा. सन्तकुमार दासले जानकारी दिए । ती महिलालाई ग्रान्डी अस्पतालबाट रिफर गरेको थियो ।

ग्रान्डीमा उपचारका लागि भर्ना हुँदा ती महिलामा कोरोनाको संक्रमण पुष्टि भएको थियो । ती महिलाको शव शिक्षण अस्पतालमै राखिएको र व्यवस्थापनका लागि चिनियाँ दूतावाससँग समन्वयको काम भइरहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ७ श्रावण बुधबार ००:००  ९ : ५५ बजे