२०८३, २८ बैशाख सोमबार | Mon May 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्व अर्थतन्त्रमा मन्दी देखिने विश्व बैंकको प्रक्षेपण



काठमाडौं । विश्व बैंकको पछिल्लो तथ्यांकले विश्व अर्थतन्त्रमा मन्दी देखिने प्रक्षेपण गरेको छ। विश्व बैंकले गत जुनमा आर्थिक वृद्धि ३ प्रतिशतले हुने प्रक्षेपण गरेको थियो। तर विश्व बैंकले यो वर्ष विश्वव्यापी आर्थिक वृद्धिदर २०२३ मा मात्र १।७ प्रतिशतमा सीमित हुने अपेक्षा गरेको छ।

प्रतिवेदनले युक्रेन र रूसबीच चलिरहेको युद्ध तथा कोरोना महामारीको प्रभावबाट उत्पन्न विविध कारणले गर्दा विश्व अर्थतन्त्रमा संकट आएको उल्लेख गरेको छ।

यसबाहेक आउँदो मन्दीको अर्को मुख्य कारण उच्च ब्याज दर पनि हो। निरन्तर बढी रहेको मुद्रास्फीतिलाई नियन्त्रण गर्न विश्वभरका केन्द्रीय बैंकहरूले ब्याजदर बढाउँदै लगेका छन्। उच्च ब्याजदरको प्रभावलाई निस्तेज गर्न विश्वभरका नीति निर्मातालाई ठूलो चुनौती थपिएको छ।

विश्व बैंकका अध्यक्ष डेभिड मालपासले यो मन्दी विश्वव्यापी हुने र विश्वका लगभग सबै भागमा मानिसको आम्दानीमा वृद्धि ‘कोभिड१९ अघिको दशकको तुलनामा सुस्त हुने’ बताएका छन्।

प्रकाशित मिति : २०७९, २८ पुस बिहिबार ००:००  ११ : १६ बजे