२०८१, २४ माघ बिहीबार | Thu Feb 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुङ्गामा बोलेरो दुर्घटना सात जना घाईते



ओखलढुङ्गा । ओखलढुङ्गामा बोलेरो जीप दुर्घटना हुदा सात जना घाईते भएका छन् । नेचासल्यान गाउँपालिका सोलुखुम्बु देखी ओखलढुङ्गा तर्फ आउदै गरेको प्र–१–०२–००२ च २५३५ नम्बरको बोलेरो जीप दुर्घटना हुदा सवार सात जना घाईते भएका छन् । घाईते मध्ये नेचा सल्लान गाउँपापलिका–३ का ७० वर्षिय दलिराम शर्माको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक देबेन्द्र दासले बताए ।

विहिबार विहान सिद्धिचरण नगरपालिका–५ मा गाडीको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरी निरिक्षक दासकाे भनाई छ । घाईते सबै जनाको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भईरहेकोे छ । दुर्घटनाको थप कारण बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलङ्गाले जनाएको छ ।

प्रकाशित मिति : २०७९, २८ पुस बिहीबार ००:००  १२ : १३ बजे