२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप १ सय जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु



काठमाडौं । नेपालमा बुधबार थप १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा उक्त संख्यामा संक्रमित थपिएको जानकारी दिए । योसहित संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।

बुधबार कोरोना संक्रमणबाट थप २ जनाको म‌ृत्यु भएको छ । महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको  मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ४२ जना पुगेको छ ।

यस्तै, सोही पछिल्लो २४ घण्टामा २०७ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । यो समेत कोरोना निको भएर घर फर्किनेको संख्या १२ हजार ६८४ पुगेको छ । उनका अनुसार अहिले पनि मुलुकका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा पाँच हजार ३६८ जना सक्रिय सङ्क्रमितको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७७, ७ श्रावण बुधबार ००:००  १० : ५० बजे