२०८३, १५ कार्तिक शनिबार | Sat Oct 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा संसारकै लामो पानीजहाज यात्रा सुरू



भारतले शुक्रबार नदीमा संसारकै सबैभन्दा लामो पानीजहाज यात्रा सुरू गरेको छ।

टाइम्स अफ इन्डियाका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भिडिओ कन्फरेन्समार्फत् उत्तर प्रदेशको बनारसबाट छुटेको उक्त पानीजहाजलाई हरियो झन्डा देखाएका छन्।

एमवी गंगा विलास नाम दिएको उक्त जहाजमा ५१ दिनपछि असमको डिब्रुगढमा आइपुग्नेछ। भारतका विभिन्न नदीसहित बंगालदेश पनि पुग्ने उक्त पानीजहाजले ३ हजार २ सय किलोमिटर यात्रा गर्नेछ। पानी जहाज यो रूटमा पर्ने विभिन्न ५० वटा पर्यटकीय स्थानमा रोकिनेछ।

यो पानीजहाजमा यात्रा गर्न दैनिक २५ देखि ५० हजार भारू तिर्नुपर्नेछ। त्यस हिसाबले ५१ दिनको यात्रा पूरा गर्न एक यात्रुले औसतमा २० लाख भारू तिर्नुपुर्ने हुन्छ।

उक्त पानीजहाजको पहिलो यात्रामा अहिले स्विट्जरल्यान्ड ३२ जना पर्यटकहरू निस्किएका छन्। पानीजहाजमा ६२ मिटर लामो पानीजहाज १२ मिटर चौडा छ।

प्रकाशित मिति : २०७९, ३० पुस शनिबार ००:००  ९ : ४८ बजे