२०८३, ३१ भदौ बुधबार | Wed Sep 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बन्द हुँदै ‘नागिन’



भारतीय टेलिशृंखला ‘नागिन ६’ बन्द हुँदैछ।

शोकी निर्माता एकता कपूरले आधिकारिक रूपमा ‘नागिन ६’ प्रसारण बन्द गर्ने घोषणा गरेकी हुन्।

उनले आफ्नो इन्स्टाग्राममा नागिनको प्रोमो पोस्ट गर्दै लेखेकी छन्, ‘हामी एक लोकगीत सप्ताह शो ल्याउँदै छौं। त्यसैले भारतमा मन पराइएको शोलाई बिदाइ गर्ने समय आएको छ। नागिन ६ ले सिजन १ को जस्तै लोकप्रियता कमायो। यसको लागि सबैलाई धन्यवाद!’

भारतीय सञ्चारमाध्यम प्रभात खबरका अनुसार शो फेब्रुअरीको अन्तिम साताबाट बन्द हुनेछ।

‘नागिन ६’ मा तेजस्वी प्रकाश मुख्य भूमिकामा छिन्।

शो बन्द हुने बारे तेजस्वी भन्छिन्, ‘मेरो लागि नागिन ६ रोमाञ्चिक यात्रा रह्यो। यस शोबाट मैले धेरै कुरा सिक्ने अवसर पाएँ। यो शोले मलाई एक कलाकारको रूपमा अघि बढ्न सहयोग गरेको छ। यस सिजनलाई दर्शकले पनि माया गरिदिनु त्यसको लागि आभारी छु।’

एकताले तेजस्वीलाई ‘बिग बोस १५’ बाट छनोट गरेकी थिइन्। ‘बिग बोस १५’ को फाइनलमा नागिन ६ को घोषणा गरिएको थियो।

तेजस्वी ‘बिग बोस १५’ की विजेता समेत हुन्।

प्रकाशित मिति : २०७९, ३० पुस शनिबार ००:००  १० : १० बजे