२०८१, ७ बैशाख शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनकपुरका २ युवकको अपहरणपश्चात भारतमा हत्या



जनकपुरधाम उपमहानगरपालिका(८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको अपहरणपश्चात हत्या भएको हो । साहद्वयको शव भारत विहार राज्यको सिमातढी जिल्लामा पर्ने बेला परिहारमा फेला परेको धनुषाका एसपी विश्वराज खड्काले नेपाल प्रेसलाई बताए ।

उनका अनुसार १३ दिन अगाडि दुवैजना नातेदारको घर ९बेला परिहार० गएका थिए । त्यहीँबाट अपहरणमा परे । अपहरणकारीले घरमा फोन गरेर फिरौती मागेपछि मात्र घटना बाहिरिएको एसपी खड्काले जानकारी दिए ।

अपहरणकारीले रोहित र विष्णुको आवाज रेकर्ड गरेर उनको परिवारलाई फोनमा सुनाएका थिए । आवाज सुनाउँदै ५० लाख रूपैयाँ फिरौती माग गरेको र २० लाखमा ‘डिल’ समेत भइसकेको थियो ।

विष्णुका बाजे रामकिशोर साहका अनुसार अपहरणकारीले २० लाख रूपैयाँ लिएर सर्लाहीको मलंगवा आउन भनेका थिए ।

‘पछि सम्पर्कमै आउन छाडे । मंगलबारबाट उनको फोन नै अफ छ । आज शव फला परेको जानकारी पाएँ’, रामकिशोरले भने ।

अपहरणमा परेको विषयमा उनीहरूको परिवारले धनुषा प्रहरीमा पनि जानकारी गराएको थियो । तर, धनुषाका एसपी खड्का भन्छन्, ‘ढिलो जानकारी पायौं । यद्यपि हामीले भारतीय प्रहरीसँग सहकार्य गरी उद्धारको प्रयास गरे पनि सफलता मिल्न सकेन ।’

यो घटनामा नेपाल र भारत दुवैतिरका मानिसको संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुमान छ । अहिलेसम्म ५ जना पक्राउ परिसकेको एसपी खड्काले बताए । उनका अनुसार धनुषामा २ जना र भारतमा ३ जना पक्राउ परेका छन् ।

धनुषा प्रहरीले जनकपुरधाम(८ का कृष्ण पण्डितलाई पक्राउ गरेको स्रोतले जनायो । अन्य एकजनाको नाम खुल्न सकेको छैन । घटनामा अन्य ४ जनाको संलग्नता रहेको र उनीहरूको पनि खोजी भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २०७९, ८ माघ आइतबार ००:००  ३ : ०६ बजे