२०८१, १० बैशाख सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापाको चिया बगानमा युवक-युवती मृत भेटिए



काठमाडौं । झापामा एक जना युवक र एक जना युवती मृत फेला परेका छन् ।

आज बिहान कचनकवल गाउँपालिका-४ केचनामा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ । एभरेष्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन् ।

दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापामा प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।

डिएसपी पाठकका अनुसार युवक अन्धाजी २५ र युवती १८ वर्षकी छन् । अहिले घटना स्थलमा प्रहरी टोली पुगेको छ ।

अनुसन्धान सुरु भएको र घटनाबारे थप केही कुरा खुलिनसकेको प्रवक्ता पाठकले बताए ।

प्रकाशित मिति : २०७९, १० माघ मंगलबार ००:००  १० : ०४ बजे