२०८१, २४ माघ बिहीबार | Thu Feb 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वार्षिक ३ सय युवालाई स्वरोजगार बनाउँदै फिक्कल

५ वर्षमा १५ सय युवालाई सीप सिकाएर व्यवसायी बनाउने लक्ष्य



सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकाले वार्षिक ३ सय युवालाई स्वरोजगार बनाउने नीति ल्याएको छ । गाउँपालिका भित्रका बेरोजगार र विदेशबाट फर्किएका युवालाई गाउँमै व्यवसाय गरेर आत्मनिर्भर बनाउन गाउँपालिकाले विशेष नीति ल्याएको हो ।

युवालाई सीप मार्फत स्वरोजगार बनाउन विभिन्न संघ संस्था र विषयगत निकायसँगको साझेदारीमा कार्यक्रम सञ्चालन गर्न सुरु गरिएको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले बताए । वार्षिक ३ सयका दरले युवालाई स्वरोजगार बनाउँदै ५ वर्षमा फिक्कलका ६ वटै वडाका १५ सय युवालाई जीवनउपयोगी सीप सिकाएर अर्थोपार्जनको अवसर दिलाइने उपाध्यक्ष बरालको भनाई छ । ‘वर्षमा ३ सयका दरले गाउँका युवालाई सीप सिकाएर व्यवसाय मार्फत गाउँमै बसेर राम्रो आम्दानी गर्न सक्ने बताउनेगरि नीति नै लिएका छौं । यो वर्ष ३ सय जनाले सीप सिक्दैहुनुहुन्छ ।’ बरालले अनलाइन सरोकारसँग भने, ‘केही साझेदार संघसंस्था र विषयगत कार्यालयहरुको पनि सहकार्यमा हामी ५ वर्षमा फिक्कलका १५ सय जना युवालाई जिवनभर काम लाग्ने सीप दिन्छौं । सीप सिकेकालाई व्यवसाय गर्न प्रोत्साहन र अनुदान जस्ता कार्यक्रम ल्याएका र्छौं ।’ कामको खोजिमा कोही विदेशीनु नपर्ने उनले बताए ।

गाउँपालिकाले ल्याएका अनुदानका कार्यक्रमहरु पारदर्शी हुने माग र आवश्यकताका आधारमा वितरण हुने उपाध्यक्ष बरालको भनाई छ । युवाको क्षमता विकास गरेर युवाजनशक्तिको उपयोग गर्दा मात्रै गाउँको समृद्धि सम्भव हुने बरालले बताए । कृषि पेशामा युवाको आकर्षण बढाउन गाउँपालिकाले जोड दिएको छ । परम्परागत कृषि प्रणालीलाइृ विथापित गर्दै आधुनिक कृषि प्रणालीको अवलम्बन गरेर व्यवसायीय खेती गर्न गाँउपालिकाले किसानलाई परामर्श गरिरहेको छ ।

फिक्कलले युवा लक्षित विभिन्न विद्याका तालिम कार्यक्रलमहरु सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : २०७९, ११ माघ बुधबार ००:००  ५ : ०३ बजे