काठमाडौं । डोटीको सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी दुर्गम गाउँलाई सुगम बनाउन लागिपरेका छन् । भौतिक पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन प्रवद्र्धन गरेर सायललाई ५ वर्षभित्र समृद्धि बनाउन अध्यक्ष जोशी लागेका हुन् ।
संघिय सरकारबाट प्राप्त हुने अनुदान कम भएको र साझेदार संघ संस्थाहरु समेत सायलमा आइनपुग्दा सोचेहनुसार हालसम्म विकास हुन सकेको छैन । संघिय सरकारले काठमाडौंको मन्त्रालयमा बसेर बनाउने बजेटले दुर्गम गाउँको विकासमा आवश्यकता बुझ्न नसकेको अध्यक्ष जोशी बताउँछन् । ‘संघिय सरकारले दिने अनुदान सबै खर्चिँदा पनि डोटीमा एउटा मोटरेवल पुल बन्दैन । कर्मचारीको तलव सुविधा लगायतमा धेरै खर्चहुन्छ । मन्त्रालयमा बसेर बजेट बाँडफाँड गर्दा गरिक किसानको दुःख बुझ्न र दुर्गम गाउँलाई प्राथमिकता दिन म माग गर्दछु ।’ अध्यक्ष जोशीले भने, ‘समस्यै समस्या छन् तर प्राप्त स्रोत र साधनको उच्चतम सदुपयोग गरेर सायललाई समृद्ध बनाउन लागेको छु । सबैको साथ र सहकार्यको अपेक्षा गरेको छु ।’ दुर्गम भनेर चिनिएको सायललाई सुगम गाउँपालिकाको रुपमा परिणत गर्ने अध्यक्ष जोशीले बताए ।
कृषि र पर्यटन मार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने सायल गाउँपालिकाको लक्ष्य छ । सायलमा उत्पादनहुने आलु र कृषिजन्य पदार्थको बजारीकरण गर्ने, परम्परागत कृषि प्रणालिलाई विस्थापन गर्दै आधुनिक खेतिप्रणालि जोड दिइने गाउँपालिकाले जनाएको छ ।
समृद्ध सायल अभियान कसरी अगाडी बढ्दैछ ? अध्यक्ष धर्मराज जोशीसँगको अन्तरवार्ता हेर्नुहोस्











