२०८२, ६ पुस आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छथरजोपाटीका गरिब परिवारलाई परिचयपत्र



धनकुटाको छथरजोपाटी गाउँपालिकाले पालिकाभित्रका गरिब घरपरिवारलाई परिचयपत्र वितरण गर्न सुरू गरेको छ । गाउँपालिकाले गरिब घरपरिवारलाई पहिचानको विवरणमा समावेश भएर परिचयपत्र स्वीकृत भएका परिवारलाई परिचयपत्र वितरण गर्न सुरू गरेको हो ।

केही वर्ष पहिला फारम भरेकाहरुको परिचयपत्र भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाएपछि गाउँपालिकाले वितरण गर्न सुरु गरेको हो ।

आर्थिक रुपलेपछि परेका नागरिकहरुको पहिचान गरी शिक्षा, स्वाथ्य र रोजगारी लगायत अवसरमा प्राथमिकता दिनका लागि गाउँपालिकाले यो अभियानको सुरू गरेको हो । सामाजिक कल्याणका काममा गरीब घरपरिवारलाई विशेष प्राथमिकता राज्यले सेवा सुविद्या दिनका लागि परिचयपत्र वितरण गर्ने सरकारको लक्ष्य हुन सक्ने गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए ।

गाउँपालिकाका ६ वटा वडाका २ सय ४५ परिवारलाई गरीब घर पहिचानको परिचयपत्र दिइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९, १३ माघ शुक्रबार ००:००  १ : १२ बजे