सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असीम राईले आफ्नै खर्चमा एक जना विद्यार्थीलाई एमबीबीएस पढाउने भएका छन् । खर्च अभावले पढ्न नपाएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई अध्यक्ष राईले आफूले पाउने तलब सुविधाबाट एमबीबीएस पढाउने भएका हुन् ।
स्थानीय तहको निर्वाचनमा थुलुङ दुधकोशीबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएपछि राईले उक्त निर्णय गरेका थिए । उनले यही माघ १२ गते सूचना जारी गर्दै छात्रवृत्तिका लागि आवेदन दिन आह्वान समेत गरेका छन् ।
अध्यक्ष राईले गाउँपालिकाभित्रका इच्छुक विद्यार्थीले सम्बन्धित विषयको प्रवेश परीक्षा उत्तीर्ण गरी गाउँपालिकामा १५ दिनभित्र आवेदन दिन आग्रह गरेका छन् ।