झापाको हल्दीबारी गाउँपालिकाले आइतबार स्थानीय सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले स्थानीय संथाल जातीले मनाउने सोहराई पर्वको अवसरमा सार्वजनिक विदा दिएको हो ।
![](https://i0.wp.com/onlinesarokar.com/wp-content/uploads/2023/01/Haldibariii.jpg?resize=720%2C218&ssl=1)
गाउँपालिकाको अनुसार संथाल जातीको धर्म, संस्कृती, संस्कार र परम्पराको संरक्षण गर्ने उदेश्यले सार्वजनिक विदा दिन निर्णय गरेको हो । सो दिन गाउँपालिका अन्तर्गतका सार्वजनिक संस्था, विद्यालय वडा कार्यालय बन्द हुने जनाइएको छ ।
सोबाहेक अत्यावश्यक सेवा सञ्चालनमा आउने गाउँपालिकाले जनाएको छ ।