२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘केपी ओली कप’ फुटबल फागुन ११ देखि हुने, विजेताले १० लाख पाउने



केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म आयोजना हुने भएको छ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने प्रतियोगिता काठमाडौंका विभिन्न खेल मैदानमा आयोजना हुने आयोजकले शुक्रबार जानकारी गराएको छ ।

टीम दर्ताका लागि १७ गतेसम्मको समय तोकिएको छ । यस प्रतियोगितामा ‘ए डिभिजन’ टीमहरू तथा स्वदेश र विदेशी खेलाडीको सहभागिता रहने छ ।

केपी ओली कपको मुख्य उद्देश्य नेपाली फुटबलको व्यवसायिक प्रवर्द्धनमा योगदान गर्नु र यसका माध्यमबाट आम नागरिक, संघ संस्था तथा राजनितीक दलहरूलाई प्रेरित गर्नु रहेको आयोजक राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले बताए ।

प्रतियोगिताको विजेता टीमले १० लाख, उपविजेताले ५ लाख, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोलरक्षकलाई ५० हजार र हरेक खेलका विजेताले २५ हजार नगद प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको ‘प्लेयर अल दी म्याच’ ले १५ हजार र प्रतियोगिताका उदयीमान खेलाडीले ५० हजार पाउने छन् ।

प्रकाशित मिति : २०७९, १३ माघ शुक्रबार ००:००  २ : ४८ बजे