हिमाली जिल्ला डोल्पाको ठुलिभेरी नगरपालिकामा एकैपटक सोह्रवटा आधारभुत योजनाहरु सुरु भएकाछन् । नगरपालिकाले शिक्षा,सडक र खानेपानीलाई प्राथामिकतामा राखि योजना सुरु गरेको हो ।
नयाँ जनप्रतिनिधि आएको आठ महिनामा पाँचवटा बृहत खानेपानी आयोजना तथा आठवटा विद्यालय भवन निर्माणकालागि सम्झौता भएर पनि काम सुरु भइसकेको नगर प्रमुख सुवर्ण बुढाले बताए । त्यसैगरि दुनैमा साडेसात करोडमा रंगशाला निर्माण र साडे बाह्र करोडमा मोतिपुर देखि लाग्नासम्म सडक ग्रावेल गर्ने काम पनि ठेक्का खुलाइ सकिएको उनले बताए ।
नगरपालिकाको वडा नं १,२,३,६,७ र ८ मा बृहत खानेपानी आयोजना निर्माण गर्न लागिएको छ । लक्ष्मी माध्यामिक विद्यालय थरगाउँ,हिमाललय प्राथामिक विद्यालय थरगाउँ,विद्यामन्दिर माध्यामिक बिद्यालय माझफाल,आदर्श माध्यामिक विद्यालय जुफाल,विँडिथान आधारभुत विद्यालय जुफाल,सरस्वती माध्यामिक विद्यालय दुनै,मन्मा प्राथामिक विद्यालय कुम्ली,महादेब प्राथामिक बिद्यालय माझफाल,लालिगुँरास प्राथामिक विद्यालय तिप्लामा दुई र चार कोठे भनव निर्माण गर्न लागिएको छ ।
नगरपालिकाका विभिन्न क्षेत्रमाहुन लागेका सम्पुर्ण योजनाको काम गुणस्तरीय र पारदर्शी हिसाबमा सञ्चालनहुने नगरपालिकाले जनाएको छ । चालु आर्थिक बर्षमा विकासतर्फमात्रै करोडौँ बजेट विनियोजन भएको प्रमुख प्रशासकिय अधिकृत दिलप्रसाद रोकायले जानकारी दिए ।
–रामचन्द्र न्यौपाने