२०८३, १ आश्विन बिहिबार | Thu Sep 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गृहमन्त्री रवि लामिछानेले मुद्वा हार्दा खोटाङका सांसदले खुसी मनाउँदै भाले काटेर खाए



काठमाडौं । गृहमन्त्री रवि लामिछानेले मुद्वा हार्दा खोटाङका सांसद रामकुमार राई पासाङले खुसियाली मनाउँदै लोकल भाले काटेर खाएका छन् । गृहमन्त्री लामिछानेलाई नागरिकता सम्बन्धी मुद्वामा दोषी ठहर गर्दै सर्वोच्चले उपप्रधान तथा गृहमन्त्री र रास्वपा पार्टीको सभापति पदमा रहन नसक्नेगरि फैसला गरेपछि खोटाङका सांसदले फेसबुकम गैरजिम्मेवार अभिव्यक्ति दिएका हुन् ।

माओवादी नेता तथा पूर्वमन्त्री समेत रहेका सांसद राईले फेसबुकमा लेखेका छन् `लोकल भाले काटेर पो खाइयो ।´

स्ट्याटसपछि धेरैले सांसद राईको अभिव्यक्तिको आलोचना गरेका छन् । सांसद राईले यसअघि एमसिसि पास हुँदा पनि उत्तेजित अभिव्यक्ति दिएका थिए ।

लामिछानेको फैसलाका बारेमा पनि मिश्रित प्रतिक्रिया आइरहेका छन् ।

प्रकाशित मिति : २०७९, १४ माघ शनिबार ००:००  ७ : ४० बजे