२०८२, ४ चैत्र बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवन–२ मा उपनिर्वाचन हुने



सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नं २ रिक्त भएको छ ।

यो क्षेत्रमा अब उपनिर्वाचन हुने भएको छ ।

सर्वोच्चबाट फैसलाको पूर्ण पाठ र औपचारिक जानकारी आएपछि सरकारसँग परामर्श गरेर उपनिर्वाचनको प्रक्रिया सुरू गर्ने निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचन कहिलेसम्म गर्ने भन्नेबारे कानुनमा स्पष्ट व्यवस्था छैन ।

गत मंसिर ४ गते भएको निर्वाचनमा चितवन क्षेत्र नं २ बाट लामिछाने विजयी भएका हुनुभएको थियो । उहाँले एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसका उमेश श्रेष्ठलाई पराजित गर्नुभएको थियो ।

चितवन–२ मा हुने उपनिर्वाचनको लागि उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा पनि चर्चा सुरू हुन थालेको छ ।

प्रकाशित मिति : २०७९, १४ माघ शनिबार ००:००  ११ : ११ बजे