२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पास छैन ? यात्रा नगर्नुस् !



लकडाउन खुलेपनि यात्रा गर्न पास चाहिने

काठमाडौं । सरकारले लकडाउन अन्त्य भएको घोषणा गरे पनि एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्न अझै पास चाहिने भएको छ ।

मन्त्रिपरिषद बैठकको निर्णयमा स्पष्ट व्याख्या नभएपछि पुरानै निर्णयलाई गृह मन्त्रालयले निरन्तरता दिएको हो ।

गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले पासको सम्बन्धमा पुरानै निर्णय यथावत रहेको बताए । उनले भने, ‘साउन मसान्तसम्म यो निर्णय यथावत रहनेछ ।’

मन्त्रिपरिषदले १ भदौदेखि लामो दूरीको यातायात पनि चल्न दिने भनेको छ । तर, त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मादण्ड बनाउने भनिएको छ ।

‘भदौपछिको हकमा यातायात मन्त्रालयले भने बमोजिम हुनेछ’, अधिकारीले भने ।

प्रकाशित मिति : २०७७, ७ श्रावण बुधबार ००:००  १२ : ५५ बजे