२०८१, २३ माघ बुधबार | Thu Feb 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति र गृहमन्त्रीबारे के गर्छ माओवादी ?



नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आजपनि बस्ने भएको छ ।

पार्टी कार्यालयमा दिउँसो १२ बजे बस्ने बैठकमा राष्ट्रपति र गृहमन्त्रीका विषयमा छलफल हुने छ ।

बैठक सोमबारबाट सुरु भएको थियो ।

रवि लामिछाने नागरिकता प्रकरणमा दोषी देखिएसँगै सांसद, उपप्रधान तथा गृहमन्त्रीबाट बाहिरिएका थिए ।

उनी बाहिरिएपछि माओवादीले गृह मन्त्रालय आफैँसँग राख्ने मनस्थिति बनाएको छ । यता एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलेको सहमति अनुसार अगाडि बढ्नुपर्ने अडान राख्दै आएका छन् ।

यस्तै राष्ट्रपतिको उम्मेदवारका विषयमा पनि माओवादीले गठबन्धनमा भएको सहमति भन्दा फरक मत राख्दै आएको छ ।

प्रकाशित मिति : २०७९, १७ माघ मंगलबार ००:००  ९ : ३४ बजे