दोलखाको वैतेश्वर गाउँपालिकाले मकै प्रवर्द्वन गर्ने भएको छ । पालिकाले आव २०७९-८० को वार्षिक स्विकृत कार्यक्रम अनुसार ५० प्रतिशतमा अनुदान दिएर मकै प्रवर्द्वन गर्ने भएको हो । गाउँपालिकाले कार्यक्रमका लागि प्रस्ताव आह्वान गरिसकेको गाउँपालिका अध्यक्ष छवि लामाले बताए । इच्छुक कृषक समुह, कृषि सहकारी संस्था, कृषि फार्मले आवेदन दिनसक्ने अध्यक्ष लामाको भनाई छ ।
पालिकाले २१ दिनभित्र आवश्यक कागजात सहित दरखास्त पेश गर्न किसानलाई अनुरोध गरेको छ ।