२०८३, २८ बैशाख सोमबार | Mon May 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्युतीय राहदानीकाे अनलाईन बुकिङ खुल्याे



विद्युतीय राहदानी सहज रूपमा प्रदान गर्न एक महिनाका लागि अग्रिम अनलाइन बुकिङ खोलिएको छ ।

राहदानी विभागमा दैनिक १५ सयका दरले अनलाइन फाराम भर्न सक्ने विभागले जनाएको छ । विभागका अनुसार अब सेवाग्राहीले आफूले चाहेको समयमा फाराम भर्न सक्नेछन् ।

हरेक दिन १५ सयले अनलाइन आवेदन दिँदा त्यसको समयावधि एक महिना तोकिएकाले सो अवधिभर जुनसुकै समयमा फारम भर्न सकिने विभागको भनाइ छ । थप समयमा अग्रिम बुकिङ गर्दा अर्को महिनाको थप एक दिनका लागि हुने राहदानी विभागले स्पष्ट पारेको छ ।

समय सकिन लागेमा थप एक महिनाको अवधि विभागले थप गर्दै जाने पनि विभागले जारी गरेको सूचनामा उल्लेख छ । अग्रिम बुकिङका लागि सर्भर खुला रहेकाले राति १० बजेसम्म अनलाइनबाट विद्युतीय राहदानीको फाराम भर्न सकिने छ ।

प्रकाशित मिति : २०७९, १७ माघ मंगलबार ००:००  ९ : ५१ बजे