२०८१, २३ माघ बुधबार | Thu Feb 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगाबाट धरान जाँदै गरेको गाडी दुर्घटना, ३ जना गम्भिर घाईते



ओखलढुङ्गा । ओखलढुङ्गा बाट धरान जाँदै गरेको गाडी दुर्घटना भएको छ । सिद्धिचरण लोक मार्ग अन्तर्गत मानेभञ्ज्यङ्ग गाउँपालिका–७ हिलेपानी ओखलढुङ्गामा प्र १–०१– ००७ ज ००१५ नम्बरको फोर्स गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा सात जना घाईते भएका छन् । घाईते मध्ये तीन जनाको अवस्था गम्भिर रहेकाले थप उपचारका लागि काठमाण्डौ पठाउने तयारी भईरहेको ओखलढुङ्गा प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक सुकदेव खनालले बताए । झापाको गौरादह नगरपालिका –४ का ४४ वर्षिय रेवती प्रसाद धमला, ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–१ की ४५ वर्षिया मैना कुमारी खड्का र सोहि गाउँपालिकाको वडा नं. ३ का २४ वर्षिय चालक खगेन्द्र कुमार घिमिरेको अवस्था गम्भिर रहेको प्रनाउ खनालले जनकारी दिए ।

दुर्घटनमा सिद्धिचरण नगरपालिका–४ का ३० वर्षिय युवराज कट्वाल, सोहि स्थानका ६० वर्षिय जित बहादुर कट्वाल, चिशंखुगढी गाउँपालिका– ६ का ६२ वर्षिया ईन्द्र कुमारी खड्का र सोहि गाउँपालिका वडा नं. ४ का ६२ वर्षिय गोबिन्द बहादुर खड्का सामान्य घाईते भएका छन् । उनिहरुको उदयपुरको घुर्मीमा रहेका स्वास्थ्य केद्रहरुमा उपचार भईरहेको छ ।

ओरालो र घुम्ति सडकमा अचानक गाडी अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको थियो । गाडीमा १४ जना सवार यात्रु सवार थिए । दुर्घटनाको कारण बारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७९, १८ माघ बुधबार ००:००  २ : १५ बजे