एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस राज्यमन्त्री पाए पनि सरकारमा आउने भन्दै कटाक्ष गरेका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरूले गरेको प्रश्नमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
कांग्रेस नेता शशांक कोइरालाले गृहमन्त्री दिए कांग्रेस सरकारमा आउने अभिव्यक्ति दिएकाे भन्ने पत्रकारको जिज्ञासामा ओलीले भने, ‘कांग्रेस त गृहराज्यमन्त्री दिए पनि (सरकारमा) आउँछ ।’
गठबन्धनमा रहेको रास्वपालाई गृह मन्त्रालय दिन प्रधानमन्त्री र आफूबीच सहमति कायमै रहेको दाबी गर्दै उनले त्यसका लागि अदालतको फैसलाको पूर्णपाठ आवश्यक नपर्ने जिकिर गरे ।