प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल सत्तासमीकरण फरेबदल नहुने बताएका छन् । बिहीबार पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बाहिर आएजस्तो राजनीतिक समिकरण फेरबदल नहुने स्पष्ट पारेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने उनको भनाइ छ । ‘राजनीतिक समिकरण फेरबदल हुँदैन । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुहुँदैन मैले बुझेसम्म, बाहिर निस्कने निर्णय गर्दैन,’ उनले भने ।