२०८१, २३ माघ बुधबार | Thu Feb 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज स्वस्थानी व्रत समापन हुँदै



काठमाडौं । एक महिनासम्म चल्ने स्वस्थानी व्रत कथा आजबाट समापन हुँदैछ । आज माघ शुक्ल पूर्णिमाका दिनबाट व्रत समाप्त हुन्छ ।

पौष शुक्ल पूर्णिमाका दिनबाट श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरूको वाचन आज विधिवतरुपमा समापन हुन्छ ।

काठमाडौंंमा अवस्थित शाली नदीमा एक महिनाबाट जारी स्वस्थानी मेला पनि आजैबाट समापन हुन्छ ।

पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो
व्रत बस्ने परम्परा रहिआएको छ ।

स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने
र सुन्ने गरिन्छ ।

आज मध्याह्नकालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जाग्राम बसेर अर्को दिन बिहान फूलपाती नदीमा सेलाएपछि स्वस्थानी
व्रत विधिपूर्वक समापन हुन्छ ।

प्रकाशित मिति : २०७९, २२ माघ आइतबार ००:००  ११ : ०९ बजे