२०८१, १३ बैशाख बिहीबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछानेले ‘विशेष पत्रकार सम्मेलन’ गर्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले ‘विशेष पत्रकार सम्मेलन’ गर्न लागेका छन् । आइतबार पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि उनले विशेष पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु’, लामिछानेले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

उनल सिङ्गो देश र विदेशमा रहने सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् भन्ने आफूले चाहेको पनि बताएका छन् । उनले भनेका छन्, ‘सिधाकुरा नगरेको धेरै भएछ।’

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बिहान साढे ११ बजेपछि पार्टी कार्यालयमा बस्दैछ । बैठकले सरकारमा रहने कि नरहने भन्नेबारे निर्णय लिने बताइएको छ ।

यसअघि शनिबार बसेको बैठक निष्कर्षविहीन बन्दै आजका लागि सारिएको थियो । रास्वपाले गृह मन्त्रालयमा दाबी गर्दै आएको छ भने त्यो दिन प्रधानमन्त्री सकारात्मक नभएपछि सो पार्टी असन्तुष्ट भएको छ ।

प्रकाशित मिति : २०७९, २२ माघ आइतबार ००:००  ११ : ४१ बजे