२०८१, २३ माघ बुधबार | Thu Feb 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजको मौसम प्रदेश १ का हिमाली भू–भागमा हिउँ पर्ने



काठमाडौं । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले दिउँसो भने प्रदेश नं। १ का पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं। १ को हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

उता राती भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं। १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै देशका तराईका भू–भागमा बिहानीपख लागेको हुस्सु र कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोधसमेत महाशाखाले गरेको छ ।

प्रकाशित मिति : २०७९, २२ माघ आइतबार ००:००  ११ : ५२ बजे