२०८१, १३ बैशाख बिहीबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री र दलका प्रमुख सचेतकहरूको छलफल सुरु



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु बैठकमा प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिवलगायतसँग विधेयक सम्बन्धि छलफल भइरहेको छ ।

प्रतिनिधिसभामा रहेका सबै दलका प्रमुख सचेतकलाई छलफलमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रतिनिधिसभाको विजनेसका विषयमा छलफल केन्द्रित रहेको छ ।

प्रकाशित मिति : २०७९, २३ माघ सोमबार ००:००  ११ : २८ बजे