२०८१, ४ बैशाख मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछानेबारे जाँच गर्नुपर्छ भीम रावल



काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेको अभिव्यक्तिमाथि जाँच गर्नुपर्ने बताएका छन्।

आइतबार पत्रकार सम्मेलन गरी रास्वपाका सभापति लामिछानेले सञ्चार माध्यम र पत्रकारमाथि गालीगलौज गरेका थिए । त्यसलाई लक्षित गर्दै रावलले ट्वीटरमा लामिछानेले आलोचना नसुनेर गालीगलौजमा उत्रिएर ठीक नगरको बताए ।

‘राजनीतिक सिद्धान्त, मूल्य, मर्यादामा विश्वास गर्ने, देश–जनताप्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिकर्मीले आरोपको तथ्यगत खण्डन गर्छ । आलोचना सुन्छ । सत्य तथ्य औंल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ । गालीगलौजमा उत्रिन्न । यस कसीमा रवि लामिछानेको जाँच गरौं’ नेता रावलले भने ।

प्रकाशित मिति : २०७९, २३ माघ सोमबार ००:००  २ : २६ बजे