२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुबा गुमाएका बालबालिकालाई पढाई खर्च कोरीयाबाट आयो



सिन्धुली । सिन्धुलीको फिक्कल ३ का स्वर्गीय रामबहादुर रानाका छोराछोरीलाई पढाई खर्च सहयोग मिलेको छ । स्थानीय रातमाटा खोलागाउँ माध्यामिक विद्यालयका लेखा कर्मचारी समेत रहेका रामबहादुर रानाको ४५ दिन अघि मृत्यु भएको थियो । न्यून आयस्रोत भएका रानाका परिवारमा अभिभावक गुमाएपछि थप संकट उत्पन्न भएपछि फिक्कल ३ गिजान्चौर निबासी प्रेम बहादुर तमाङका छोरा बुहारी हाल कोरियामा रहेका धना सुनुवार (तमाङ) र उत्तम तमाङले स्वर्गीय रामबहादुर रानाका सन्ततिलाई अध्ययन खर्च स्वरुप ६० हजार रकम सहयोग गरेका हुन् ।

नेकपा जिल्ला कमिटी सचिवालय सदस्य तथा फिक्कल नेकपा इन्चार्ज धिरज रजन मगर मार्फत सहयोग रकम हस्तान्तरण गरिएको फिक्कलबाट मोदनाथ पहाडीले अनलाइनसरोकारलाई जानकारी दिए ।

प्रकाशित मिति : २०७७, ७ श्रावण बुधबार ००:००  २ : ५० बजे