२०८१, ११ बैशाख मंगलबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिभिल बैंकका कर्मचारी आन्दोलित, समायोजन सच्याउन माग



काठमाडौं । हिमालयन बैंकसँगको मर्जरको क्रममा कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै सिभिल बैंकका कर्मचारीहरुले आन्दोलन सुरू गरेका छन् ।

सिभिल बैंकका कर्मचारी युनियनका अध्यक्ष सत्यन्द्र निरौलाले एक तह घटुवा हुने गरी कर्मचारी समायोजन गरिएको विरोधमा देशभरका शाखा कार्यालयमा पेन डाउन गरेको बताए । कर्मचारी समायोजनमा व्यवस्थापनसँग छलफल भइरहेको र उनीहरूलाई दवाब बढाउन पेन डाउन गरेको उनले बताए ।

हिमालयन र सिभिल बैंकबीच मर्जरको प्रारम्भिक सम्झौता गत असारमा र अन्तिम मर्जर सम्झौता गत पुसमा भएको थियो । तर एकीकृत कारोबार फागुनबाट सुरु गर्ने तयारी छ । अहिले सफ्टवेयर मिलान, कर्मचारी समायोजन लगायतका काम भइरहेको छ ।
सिभिल बैंकका अर्का एक उच्च तहका कर्मचारीले हिमालयन बैंकका सीईओ अशोक शमशेर राणा पिता हिमालय शमशेरको निधनको शोकमा रहेकाले कर्मचारीको असन्तुष्टिको विषयमा छलफल गर्न समस्या भएको बताउँछन् ।

यस्तो छ कर्मचारीको असन्तुष्टिको कारण

सिभिल बैंकमा सुपरभाइजर भन्ने तह छ । हिमालयन बैंकमा सुपरभाइजर भन्ने तह खारेज भइसकेको छ । मर्जरपछि अहिलेको सिभिल बैंकका सुपरभाइजर तहका कर्मचारी पनि सिनियर असिस्टेन्ट हुने भए । यसले बैंकमा नै काम गर्छु भन्ने कर्मचारीलाई समस्या पर्दैन । तर, अन्य बैंकमा अवसर आउँदा भने उसलाई समस्या हुन्छ ।
सिभिलमा सुपरभाइजर भएर काम गरिसकेको कर्मचारी अन्य बैंकमा जाँदा जुनियर अफिसर भएर जानुपर्ने हुनसक्छ । तर, कर्मचारी समायोजनमा सिनियर असिस्टेन्ट पछि अन्य बैंकमा जाने फेरि सुपरभाइजर हुन्छ ।

यसले अन्य बैंकमा अवसर खोजेर जानेलाई एक तह तल पर्दा समस्या हुन्छ भन्ने हो । कर्मचारीले खाइपाइ आएको सेवा सुविधा घट्ने गरी समायोजन हुन लागेको भने होइन ।

माग पुरा नभए थप आन्दोलन गर्ने कर्मचारीहरुले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २०७९, २६ माघ बिहीबार ००:००  ६ : ५४ बजे