२०८१, २९ असार शुक्रबार | Sat Jul 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकार छाड्दै राप्रपा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सरकारसँग असन्तुष्ट देखिएको छ । पार्टीको विचार र सिद्धान्तमाथि प्रधानमन्त्री र सत्तारुढ दलका सांसदहरुबाट पटक–पटक प्रहार भएको भन्दै राप्रपा नेताहरुले असन्तुष्टि जनाएका हुन् ।

१० पुसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेश गर्दा समर्थन गरेको राप्रपा न्यूनतम साझा कार्यक्रम आएपछि मात्र सरकारमा गएको थियो । २७ पुसमा सार्वजनिक विदा दिनुपर्नेसहित राष्ट्रियता, विकास, सुशासन र सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्ने शर्तलाई न्यूनतम साझा कार्यक्रमले त्यसलाई सम्बोधन गरेको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा गएको थियो ।

लिङ्देन उपप्रधान तथा उर्जामन्त्री छन् भने विक्रम पाण्डे शहरी विकास र ध्रुवबहादुर प्रधान कानुनमन्त्री छन् भने दिपक सिंह उर्जा राज्यमन्त्री छन् । बाग्मती र प्रदेश १ मा पनि राप्रपा सहभागी छ ।

तर पछिल्लो समय अहिले आफूहरुलाई अवमूल्यान गर्न खोजिएको राप्रपा नेताहरुको गुनासो छ । ‘अहिलेको गठबन्धन सिद्धान्त मिल्ने दलहरुबीचको एकता नभई राष्ट्रियता, विकास र सेवा प्रवाहको उद्देश्य लिएर बनेको हो, तर गठन भइसकेपछि सैद्धान्तिक कुरा बढी भयो’ राप्रपा उच्च स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले राप्रपा मन्त्रीलाई लक्षित गरी स्पष्टीकरण सोध्छु भन्नेदेखि सत्ता साझेदार दलकै नेताले संसदमा आलोचना गर्ने जस्ता काम भयो ।’

कानुन न्याय तथा संसदीय मामिला मन्त्री प्रधानले एक अन्तर्वार्तामा दिएको अभिव्यक्तिलाई लिएर १० माघमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभामा सम्बोधन गर्दा स्पष्टीकरण सोध्न सक्ने बताएका थिए । त्यस्तै एमाले सांसद रघुजी पन्तले १८ माघमा प्रतिनिधिसभा बैठकमा राप्रपा मन्त्रीहरुले हिन्दुराष्ट्र र राजतन्त्रको पक्षमा दिएको अभिव्यक्तिको आलोचना गरेका थिए ।

प्रदेश सरकारमा सम्मानजनक सहभागिता नभएको समेत राप्रपा नेताहरुको गुनासो छ ।

सरकार गठन गर्नको भावनामा प्रधानमन्त्री नै नअडिने हो भने सरकारमा बसिरहनु उपयुक्त नहुने कुरा पार्टीमा उठेको एक नेता बताउँछन् ।

प्रकाशित मिति : २०७९, २६ माघ बिहीबार ००:००  ७ : ०० बजे