२०८१, १२ बैशाख बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफ्नै शिक्षकबाट बलात्कृत किशोरीको उजुरीपछि शिक्षक पक्राउ



रुपन्देहीको देवदहमा एक किशोरी आफ्नै शिक्षकबाट बलात्कृत भएको घटना बाहिरिएको छ । विद्यार्थीलाई सिकाइदिने बहानामा बोलाएका शिक्षकले होटलमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीकहाँ उजुरी परेको छ ।

जबर्जस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिकाका ७ शितलनगरका ३६ वर्षीय मोहन गुरुङलाई प्रहरीले बुधवार पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार गुरुङले माघ २० गते शुक्रवार देवदहको ढेकारस्थित होटलमा १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेका थिए ।

जबर्जस्तीपछि किशोरीले घटना बाहिर ल्याएकी थिइन् भने अभिभावकले प्रहरीमा जबर्जस्ती करणीविरुद्ध उजुरी दिएका थिए ।

उजुरीपछि फरार शिक्षकलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उजुरीका आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थापाले बताए ।

प्रकाशित मिति : २०७९, २६ माघ बिहीबार ००:००  १० : २५ बजे