२०८१, ८ बैशाख शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपचार सेवा माग्दै बिरामी र आफन्तले गरे वीर अगाडि प्रदर्शन



काठमाडौं । चिकित्सकहरूको आन्दोलनका कारण मर्कामा परेको भन्दै बिरामी र उनीहरूका आफन्तले प्रदर्शन गरेका छन् ।

वीर लगायत विभिन्न अस्पतालमा आज आकस्मिक बाहेकका सेवा ठप्प छन् । त्यसैको विरोधमा पीडित बिरामी र उनीहरूका आफन्तले प्रदर्शन गरेका हुन् ।

अहिले वीर अस्पताल बाहिर आन्दोलनको विरोधमा नाराबाजी भइरहेको छ ।

टाढा टाढाबाट उपचारका लागि बिरामीहरूले सेवा नपाउँदा आक्रोशित बनेका हुन् ।

राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि प्रहरीले हातपात गरेको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको थियो ।

स्वास्थ्य मन्त्रालय घटनाप्रति दुःख व्यक्त गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरिसकेको छ ।

गंगालाल अस्पतालले आन्दोलनको अवज्ञा गर्दै बिरामीहरूलाई निरन्तर सेवा दिइरहेको छ ।

प्रकाशित मिति : २०७९, २९ माघ आइतबार ००:००  १० : ५५ बजे