२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सत्ता गठबन्धनमा लामिछानेको माग चितवन २ को उपनिर्वाचन मिति छिटो तोकियोस्



काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन(२ मा उपनिर्वाचनको मितिबारे प्रधानमन्त्री पुष्पकमल दाहालसँग चासो राखेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ राजनीतिक दलका नेताहरूको आइतबारको बैठकमा लामिछानेले चितवन(२ को उपनिर्वाचन चाँडो हुनुपर्ने माग गरेका हुन् ।

जवाफमा प्रधानमन्त्री दाहालले निर्वाचन आयोगसँग छलफल गरिसकेको र चाँडै निर्णय हुने भनेर आश्वस्त पारेका थिए ।

चितवन( २ मा समयमै उपनिर्वाचन होस् भनेर मैले भनेको छु । समयमै उपनिर्वाचन गरियोस् ताकि हामीलाई सजिलो होस्, उपनिर्वाचनमा जानुपर्ने मलाई आइलाग्या छ भनेको छु,ु बैठकपछि लामिछानेले इकान्तिपुरसँग भने, ुनिर्वाचन छिटोभन्दा छिटो हुनुपर्‍यो भन्ने कुरा मैले राखेपछि प्रधानमन्त्रीले निर्वाचन आयोगसँग कुरा गरेको छु चाँडै नै मिति तोकिन्छ ढुक्क हुनुस् भनेर मलाई आश्वस्त पार्नुभएको छ ।

चितवन २ बाट मंसिर ४ को निर्वाचनमा रास्वपाका लामिछाने निर्वाचित भएका थिए । उनको सांसद बन्ने योग्यतालाई लिएर सर्वोच्च अदालतमा मुद्दा परेको थियो । अमेरिकी नागरिक बनेपछि निष्क्रिय भएको तर त्यो नागरिकता पुनः प्राप्तिको प्रक्रियामा नगएको भन्दै सर्वोच्चले उनको पद खारेज गरिदिएको थियो ।

लामिछानेको पद खारेज गरिदिएपछि चितवन २ मा उपनिर्वाचन गर्नुपर्ने अवस्था छ । पद खारेजीपछि लामिछानेले प्रक्रिया पुरा गरेर नेपाली नागरिकता प्राप्त गरिसकेका छन् । नागरिकता पाएपछि उनले उपचुनाव नहुँदै गैरसांसदको रुपमा सरकारमा सहभागी हुन खोजेका थिए । उनको प्रयासमा प्रधानमन्त्रीले सहयोग नगरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेको थियो ।

प्रकाशित मिति : २०७९, २९ माघ आइतबार ००:००  १२ : ३० बजे